सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नागरिकको स्वास्थ्य–सेवामा सहजता दिलाउँदै स्वास्थ्य संस्था

२०८३ असोज ७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, ७ असोज ः बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय नागरिकको मोतियाबिन्दुको पहिचान तथा उपचारका लागि आँखा जाँच शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ ।

सम्झौतामा नगरका विभिन्न क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरी मोतियाबिन्दुलगायतका आँखासम्बन्धी समस्या पहिचान गरी त्यससम्बन्धी बिरामीलाई उपचारको व्यवस्था मिलाइने जनाइएको छ ।

नगरप्रमुख टोकबहादुर वाइबा र अस्पतालका महासचिव हिरामणि शर्माले हस्ताक्षर गर्नुभएको उक्त सम्झौतापत्रमा नगरवासीको आँखाको परीक्षण तथा मोतियाबिन्दुको समयमै पहिचान र उपचारको अवसर उपलब्ध गराउने उद्देश्यले रहेको जनाइयो ।

विशेषगरी उमेर बढ्दै जाँदा देखिने मोतियाबिन्दुको समयमै पहिचान हुनसके उपचार सहज हुने भएकाले शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । “यस्तो सेवा अन्य स्थानीय तहमा पनि सञ्चालन गरिरहेका छौँ, यो अभियान निरन्तर हो”, शर्माले भन्नुभयो ।

यसअघि बनेपा नगरवासीलाई स्वास्थ्य–सेवामा सहजता दिलाउन चार स्वास्थ्य संस्थाले सम्झौता गरेका छन् । ती संस्थासँग नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश पोखरेलले प्रतिनिधिमूलक रुपमा सम्झौता गर्नुभएको छ ।

सम्झौताअनुसार अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, रेयुकाई एईको मासुनागा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रले बनेपाली नागरिकलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् । बनेपा नपा–११ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमा नगरभित्रका १८ वर्षमुनिका अपाङ्गता भएका बालबालिकाको उपचारका लागि नगरले आवश्यक समन्वय गर्नेछ ।

यस्तै बनेपामै अवस्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाबाट स्थानीय ‘स्थायी–नागरिक’लाई उपचारका क्रममा आवश्यक पर्ने रगत उपलब्ध गराउने तथा काभ्रे रक्तसञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गरिने सम्झौतामा जनाइएको छ ।

त्यस्तै बनेपा–६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि मोतियाविन्दुको शल्यक्रिया, विद्यार्थीको दृष्टि परीक्षण तथा चश्मा वितरणमा सहुलियत दिने उल्लेख गरिएको छ । स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई आँखासम्बन्धी अभिमुखीकरण गराउनेसमेत व्यवस्था गरिएको छ ।

त्यस्तै, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा उपचारका क्रममा बिरामीले बिमाबाट प्राप्त गर्ने रकम, विपन्न नागरिकका रूपमा पाउने सुविधा तथा अन्य छुट वा सहुलियत कट्टा गरी बाँकी उपचार खर्चमध्ये आवश्यक कागजातका आधारमा प्रतिव्यक्ति करसहित बढीमा रु एक लाखसम्म नगर कार्यालयले व्यहोर्ने सम्झौतामा जनाइएको छ ।

यसैबीच बनेपास्थित शिर मेमोरियल अस्पतालसँग पनि मातृ–शिशु स्वास्थ्य तथा क्यान्सरलगायतका उपचार सेवाका लागि सम्झौता गरी नगरवासीलाई थप सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको नगरप्रमुख शाक्यले बताउनुभयो । उहाँका अनुसार नगरवासीलाई स्थानीय स्वास्थ्य संस्थासँग उपलब्ध नयाँ तथा आवश्यक स्वास्थ्य–सेवा सहज रूपमा उपलब्ध गराउन नगर तल्लीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित