सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

२०८३ असोज १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तपाईंमाथि पनि आक्रमणको प्रयास भयो भन्ने सुनियो, खास त्यहाँ के भएको हो ?

‘आज मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन थियो । म त्यही क्षेत्रको मतदाता पनि हुँ र आजको कार्यक्रमको प्रमुख अतिथि पनि थिएँ । क्षेत्रीय सभापतिले उद्घाटन गर्ने र निर्वाचन अधिकृतबाट प्राप्त कार्यतालिकाअनुसार मनोनयन दर्ताको कार्यक्रम तय भएको थियो । तर, त्यहाँ कार्यक्रम र अधिवेशन बिथोल्ने मात्र होइन, क्षेत्रीय सभापतिकै योजनामा नियोजित रूपमै फलामको भाटा प्रयोग गरेर साथीहरूमाथि आक्रमण गरियो । यो अत्यन्तै घोर निन्दनीय छ, म यसको घोर भर्त्सना गर्दछु ।’

पार्टीकै अधिवेशनमा यस्तो हुनुको पछाडि के देख्नुहुन्छ ? यस विषयमा पार्टी केन्द्रलाई केही जानकारी गराउनुभयो ?

‘हामीले यस घटनाबारे पार्टीको केन्द्रीय कार्यालयमा रिपोर्टिङ गरिसकेका छौँ । महाधिवेशनमा साथीहरू हर्ष र उल्लासका साथ सहभागी हुन गइरहेका बेला क्षेत्रीय सभापतिले घेराबन्दी गरेर फलामको भाटासहित आक्रमण गराउनुभयो । धेरै साथीहरू घाइते भएर अस्पताल पुग्नुपरेको छ । त्यसैले यस्तो अराजनीतिक र हिंसात्मक गतिविधि गर्ने क्षेत्रीय सभापति देबु तामाङमाथि पार्टीले तत्काल कडा कारबाही गर्नुपर्छ भनेर हामीले माग गरेका छौँ ।’

आक्रमणमा कति जना घाइते भएका छन् ? कसैको नाम खुलेको छ ?

‘झडपमा दर्जनौँ साथीहरू घाइते हुनुभएको छ । तीमध्ये तीन जना सख्त घाइते हुनुहुन्छ । सख्त घाइते हुनेहरूमा महासमिति सदस्य तथा पूर्वसांसद चुमनारायण तबदार, आदरणीय नेता चेतराज रेग्मी र जेनजी प्रतिनिधि उम्मेदवार सौरभ पोखरेल हुनुहुन्छ । उहाँहरू तीनै जनाको अहिले नोबेल अस्पतालमा उपचार भइरहेको छ । अरू थुप्रै साथीहरूलाई पनि चोटपटक लागेको छ ।’

यो तपाईंको आफ्नै पनि क्षेत्र हो, अब रोकिएको अधिवेशन प्रक्रिया के हुन्छ त ?

‘अधिवेशन भनेको लोकतान्त्रिक उत्सव हो । तर, क्षेत्रीय सभापति म हुँ भन्ने अहंकार देखाएर नियोजित रूपमा यस्तो उपद्रो मच्चाइयो । सबैभन्दा पहिला त यो घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ । क्षेत्रको अधिवेशन सम्पन्न गरेर हामी केन्द्रमा जानुपर्ने बेला मतदाता र उम्मेदवार हुने साथीहरूको अधिकार खोस्न पाइँदैन । अब पार्टी केन्द्रले तत्काल हस्तक्षेप गरेर उपयुक्त निर्णय लिनुपर्छ भन्ने हाम्रो माग छ ।’

तपाईं आफैँ सहमहामन्त्री हुनुहुन्छ । पार्टीभित्र ‘सुध्रिएको कांग्रेस, सुधारिएको कांग्रेस’ भन्ने नारा चलिरहँदा आफ्नै क्षेत्रमा यस्तो गुटगत झडप हुनुको भित्री कारणचाहिँ के हो ?

‘सबैलाई समेटेर लैजाने जुन एजेन्डा थियो, त्योअनुसार काम भएन । यो निर्वाचन प्रक्रियामा म र डा. शेखर कोइराला भाग नलिने भन्ने नै थियो । तर, उहाँका (डा. शेखर कोइरालाका) जति पनि समर्थक तथा शुभेच्छुकहरू यसमा भाग लिनुभएको थियो, उहाँहरूकै संलग्नतामा यो घटना घटाइएको हो ।’ रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल

‘प्रधानमन्त्री शाह र रवि लामिछानेबीच मनमुटाव छैन, नीतिगत विषयमा निरन्तर छलफल भइरहेको छ’ : रास्वपा नेता, प्रमोद न्यौपाने (अन्तवार्ता)