सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

२०८३ असोज २६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

क्यानबेरा, २६ असोज (रासस/सिन्ह्वा) ः साउदी अरबका विभिन्न क्षेत्रमा हुथी समूहका आक्रमणपछि अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा नगर्न चेतावनी दिएको छ । क्षेत्रीय सुरक्षा अवस्था बिग्रिँदै गएको भन्दै सरकारले साउदी अरबको भ्रमणसम्बन्धी सावधानीसमेत बढाएको छ । अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी) ले आफ्नो आधिकारिक यात्रा परामर्श सेवा ‘स्मार्टट्राभलर’ मार्फत जारी गरेको सूचनामा साउदी अरबको सुरक्षा अवस्था र समग्र क्षेत्रीय परिस्थितिलाई ध्यानमा राख्दै नागरिकलाई आफ्नो यात्रा आवश्यकताबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

विभागले हालैका सुरक्षा घटनाका कारण विमानस्थलको सञ्चालन प्रभावित भइरहेकाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा नगर्न सुझाव दिएको जनाएको छ ।

विभागका अनुसार क्षेत्रीय सैन्य द्वन्द्वका कारण आवागमनमा व्यापक प्रतिबन्ध लाग्न सक्ने, हवाई क्षेत्र बन्द हुन सक्ने तथा उडान रद्द हुने सम्भावना रहन्छ । यस्तो परिस्थितिले यात्रुहरूको आवागमन र सुरक्षामा थप चुनौती सिर्जना गर्न सक्छ ।

यद्यपि, उक्त विमानस्थल हुँदै यात्रा गर्ने निर्णय गरेका अस्ट्रेलियाली नागरिकलाई आफ्नो उडानको अवस्थाबारे सम्बन्धित विमान सेवा कम्पनी वा यात्रा व्यवस्थापकसँग पुनः पुष्टि गर्न आग्रह गरिएको छ । साथै, विमानस्थलमा अनावश्यक रूपमा लामो समय नबस्न पनि सुझाव दिइएको छ ।

डीएफएटीले नागरिकलाई सतर्क रहन, आफ्नो सुरक्षालाई प्राथमिकता दिन, घटनाक्रमबारे नियमित जानकारी लिन तथा स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेको छ । सम्भावित आक्रमणको जोखिमलाई ध्यानमा राख्दै सैन्य अखडा र ऊर्जा पूर्वाधारबाट टाढा रहन तथा आक्रमण भएमा सुरक्षित बन्द स्थानमा आश्रय लिनसमेत विभागले सुझाव दिएको छ ।

यसैबीच, अस्ट्रेलिया सरकारले साउदी अरबका दक्षिणी प्रान्त असिर, जिजान र नजरानमा यात्रा नगर्नेसम्बन्धी चेतावनी कायम राखेको छ । यमनसँगको सीमाबाट ३० किलोमिटरभित्र पर्ने कुनै पनि क्षेत्रमा यात्रा नगर्न पनि आफ्ना नागरिकलाई आग्रह गरिएको छ ।

साउदी अरब र यमन आसपासको क्षेत्रीय सुरक्षा अवस्थाले अन्तर्राष्ट्रिय हवाई सेवा तथा यात्रुहरूको सुरक्षामा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्ट्रेलियाले आफ्नो यात्रा परामर्श अद्यावधिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर