सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

२०८३ कार्तिक १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ, १० कात्तिकः मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ ।

करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गमक्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई समाधान गर्न प्रेरित गरेको छ ।

यहाँस्थित प्रदेश अस्पताल जोमसोममा २०६६ सालमा सामुुदायिक आँखा केन्द्र स्थापना गरिएको थियो । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा दृष्टिविहीनता निवारण परियोजनाको आर्थिक सहयोगमा मुस्ताङमा सामुदायिक आँखा केन्द्र स्थापना गरिएको हो ।

सामुुदायिक आँखा केन्द्रका नेत्र अधिकृत रुमिला नेपालीका अनुसार हालसम्म केन्द्रद्वारा बीस हजारलाई आँखा परीक्षण गरी सेवा प्रवाह गरिएको छ ।

केन्द्रद्वारा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ चिकित्सकको सहभागितामा हालसम्म ५०० बढीको मोतिबिन्द्र अप्रेसन गरी सेवा पु¥याएको उहाँले जानकारी दिनुभयो ।

यहाँस्थित सेवा केन्द्रले बर्सेनि दुई हजारको आँखा परीक्षण गर्ने गरेको नेत्र अधिकृत नेपालीले बताउनुभयो । केन्द्रले भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकलाई लक्षित गरी पाँचै पालिकामा आँखासम्बन्धी सेवा पु¥याएको छ ।

आँखा रोगको पहिचान, उपचार तथा आवश्यक शल्यक्रिया मार्फत दृष्टि गुम्ने समस्या कम गर्ने र सम्भव भएसम्म दृष्टि पुनःस्थापना गर्ने उद्देश्यले संस्थाले काम गर्दै आइरहेको छ । केन्द्रले सुपथ मूल्यमा आँखा परीक्षण, औषधि तथा चश्मा उपलब्ध गराइ सेवा दिइरहेको छ ।

मोतिबिन्दु भएका आँखा बिरामीलाई स्क्रीन गरी लगत सङ्कलन गरी बर्सेनि उपल्लो मुस्ताङको चराङ र तल्लो मुस्ताङको जोमसोमको प्रदेश अस्पतालका शल्यक्रिया शिविर सञ्चालन हुँदै आइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका तथा ज्येष्ठ नागरिकलाई आँखाको उपचारमा सहज पहुँच पु¥याउने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, केन्द्रमा गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहित गर्ने आँखा परीक्षणका लागि उपकरणको समेत पर्याप्त व्यवस्था गरिएको छ ।

सामुदायिक स्वास्थ्य स्वंयसेविकाका लागि आँखासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

केन्द्रको समन्वयमा उपल्लो मुस्ताङको चराङमा  सेवा फाउन्डेसनको सहयोगमा आँखा उपचार क्लीन सञ्चालनमा  छ । मुस्ताङमा आँखाको समस्या भएका बिरामीलाई लक्षित गरी सञ्चालन भएको कार्यक्रमले मुस्ताङका नागरिकहरुलाई छिटो छरितो र आर्थिक व्ययभार कम हुने गरी सेवा प्रवाह भएको र यसले समय खर्च र पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई धेरै हदसम्म सहज बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित