सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्लिन, १९ कात्तिक (रासस/क्युएनए) : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणपूर्वी युक्रेनमा सञ्चालित सहायता वितरण केन्द्रमा भएको रूसी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको जनाउँदै दर्जनौँ व्यक्तीहरु अझै बेपत्ता रहेको बताउनुभएको छ ।

बर्लिनको भ्रमणका क्रममा जेलेन्स्कीले ३० जना भन्दा बढी अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने जनाउँदै यो आक्रमण भयानक युद्ध सुरु भएदेखि रूसले गरेको सबैभन्दा ठूलो सामूहिक हत्याको कारण भएको बताउनुभयो ।

रूसी सेनाले सुरुमा आक्रमणको दोस्रो लहर अघि मानवीय सहायता प्राप्त गर्नको लागि मानिसहरु भेला भइरहेको ठाउँमा आक्रमण गरेको उल्लेख गर्दे उहाँले थप नौ वटा हवाई बमहरू आवासिय क्षेत्र तथा विस्थापीत मानिसहरूले शरण लिएको ठाँउमा प्रहार गरेको जनाउनु भएको छ ।

जेलेन्स्कीले रूसको निरन्तरको आक्रमणले शान्तितर्फको प्रगतिको आशालाई कमजोर बनाएको उल्लेख गर्दे रूसले द्वन्द्व समाधान र वास्तविक शान्तिको बाटो नखोजेको दावी गर्नुभयो ।

यस अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दक्षिणपूर्वी जापोरिझिया क्षेत्रको कोमिशुवाखा गाउँमा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको बताउनुभएको थियो ।

रूस–युक्रेन युद्धको विस्तृत समाधानका लागि कूटनीतिक प्रयासका बावजुद जारी लडाइँको बिचमा यो आक्रमण भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी