सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

तेहरानमा दुई ट्याङ्कर र एक पानीजहाजमा आगलागी भएको इरानको दावी

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान १९ कात्तिक (रासस/एएफपी) : स्टेट अफ हर्मुजमा दुई तेल ट्याङ्बर र एउटा पानी जहाजमा आगलागी भएको इरानको रिभोलुसनरी गाड्र्सलाई उदृत गर्दै बिहीबार स्थानीय मिडियाले जनाएका छन् ।

गत फेब्रुअरी –२८ मा इरानमा युद्ध सुरु भएदेखि तेहरानले रणनीतिक जलमार्ग हर्मुजबाट हुने आवागमनलाई नियन्त्रण गरेको छ भने यस नाकाबाट द्वन्द्व अघि सामान्यतया विश्वव्यापी तेल खपतको पाँच प्रतिशत निर्यात हुने गरेको जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाले प्रतिक्रियामा इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ भने ट्याङ्करहरूलाई उक्त जलमार्गमा यात्रा गर्न मद्दत गरेको छ । यूएस सेन्ट्रल कमान्डले यस अघिको गर्मीदेखि खाडी देशहरूलाई हर्मुज हुँदै १.५ बिलियन ब्यारेल तेल निर्यात गर्न मद्दत गरेको जनाएको थियो । बुधबार राति, दुई अलग–अलग घटनामा, हर्मुजको जलमार्गमध्यको दक्षिणमा अवैध बाटो हुँदै जान खोज्ने ठूलो तेल ट्याङ्करमा खानीमा ठोक्किएपछि आगो लागेको र हाल नियन्त्रणमा आइसकेको गार्डहरूलाई उदृत गर्दे फार्स समाचार एजेन्सीले जनाएको छ । अर्को सुपरट्याङ्र हर्मुजको पूर्वी जलमार्गमध्यबाट बाहिर निस्कँदा ठुलो आगलागीलेका कारण रोकिएको र आगो निभाउन उक्त ट्याङ्र नजिक पुगेको पानीजहाजमा पनि आगलागी भएको जनाइएको ।

फार्सले आइआरजिसी नौसेनाको इलेक्ट्रोनिक वारफेयर युनिटले दुई लुकास ड्रोनको नियन्त्रण लिएको पनि रिपोर्ट गरेको छ, जुन कम लागतको अनक्रुभ कम्ब्याट एट्याक सिस्टमका लागि अमेरिकाले विकसित गरेको मोडेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर