सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्राविधिक अध्ययनका आधारमा बाढी नियन्त्रणको योजना बनाइनुपर्छः सभापति लामिछाने

२०८३ कार्तिक २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नारायणगढ (चितवन), २० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदी कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनका आधारमा तत्काल र दीर्घकालीन योजना बढाइने बताउनुभएको छ ।

नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर क्षेत्रको निरीक्षणपछि उहाँले मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै प्राविधिक अध्ययनबिना हचुवाका भरमा निर्णय गर्न नहुने बताउनुभयो ।

उहाँले नदी कटानको जोखिमबारे जानकारी पाएलगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समन्वय गरी प्राविधिक टोली पठाएको जानकारी दिनुभयो । सभापति लामिछानेले टोलीले तत्काल गर्न सकिने काम र भविष्यमा आउन सक्ने ठूलो बाढीबाट नारायणगढ बजार जोगाउने दीर्घकालीन योजना तयार गर्न निर्देशन दिइएको बताउनुभयो ।

“प्राविधिक रूपमा कुनै पनि ठाउँलाई सुरक्षित राख्न सम्भव छ कि छैन भन्ने ठूलो कुरा हो ।”, उहाँले भन्नुभयो, “प्राविधिक अध्ययनविना हचुवाको भरमा गरिएको निर्णयले कसैलाई पनि फाइदा गर्दैन ।”

सभापति लामिछानेले बाढीको जोखिम न्यूनीकरण गर्दा स्थानीयवासीको ज्यान जोगाउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्रेडिट लिने कुरा होइन, यो ज्यान बचाउने कुरा हो ।”
सभापति लामिछानेले भविष्यमा अहिलेको भन्दा ठूलो बाढी आउनसक्ने अवस्थालाई ध्यानमा राखेर बजारको सुरक्षा योजना बनाउनुपर्ने र प्राविधिकबाट प्राप्त सुझाव सबैले पालना गरिनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव