सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दूरसञ्चार सङ्घको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

२०८३ कार्तिक २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २० कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जानुहुने भएको छ ।

मन्त्री तिमिल्सिना आगामी नोभेम्बर ७ देखि १३ सम्म दोहामा आयोजना हुने अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको प्लेनिपोटेन्सियरी सम्मेलन (पीपी–२६) मा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमण टोलीमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत रहनुहुनेछ ।

संयुक्त राष्ट्रसङ्घको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत निकाय अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षाको अन्तरराष्ट्रिय समन्वय र डिजिटल पहुँच विस्तारमा काम गर्दै आएको छ ।

प्रत्येक चार वर्षमा आयोजना हुने महासम्मेलन सङ्घको सर्वोच्च नीति निर्धारण गर्ने निकाय हो । सम्मेलनले संस्थाको आगामी कार्यदिशा, रणनीतिक प्राथमिकता र नेतृत्व चयन गर्नेछ ।

सम्मेलनका क्रममा सङ्घको उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्य चयनका लागि हुने निर्वाचनमा नेपालले सहभागिता जनाउने र मतदान गर्ने कार्यक्रम रहेको छ । यसबाट अन्तरराष्ट्रिय दूरसञ्चार क्षेत्रका नीति निर्माण तथा निर्णय प्रक्रियामा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा दूरसञ्चार क्षेत्रको विकास, सेवाको गुणस्तर सुधार, डिजिटल पहुँच विस्तार तथा आधुनिक सञ्चार प्रविधिको उपयोगलगायत विषयमा अनुभव आदानप्रदान र सहकार्यका सम्भावनाबारे छलफल हुनेछ ।

अन्तरराष्ट्रिय दूरसञ्चार नीति निर्माणमा नेपालको सक्रिय सहभागिता बढाउनुका साथै डिजिटल रूपान्तरण र दूरसञ्चार क्षेत्रको आधुनिकीकरणका लागि अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श