सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ

२०८३ कार्तिक २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनकुटा, धनकुटा नगरपालिका-५ देवनटार बस्ने ३७ वर्षीया मेन कुमारी लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा मेन कुमारी समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-५ गेटा बरचोक बस्ने २८ वर्षीय रमेश रानाले संचालन गरेको रमेश होटलमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्विम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

ओखलढुंगा, सिद्धिचरण नगरपालिका-१२ बस्ने ३२ वर्षीया संगिता कार्कीको सुमन किराना पसल एण्ड होटलमा जुवातास खेलिरहेको अवस्थामा संगिता समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २० रूपैयाँ सहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१७ लुखुसीस्थित रौतहट घर भएका ४९ वर्षीय ललन प्रसाद कलवारको कवाडी कारखानामा जुवातास खेलिरहेको अवस्थामा ललन प्रसाद समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५१ हजार ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने ५८ वर्षीय राम बहादुर केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा राम बहादुर समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ