सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी

२०८३ कार्तिक २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

साना, २१ कात्तिक (रासस/एएफपी): साउदी अरब गठबन्धन सेनाले गरेको आक्रमणमा यमनको साना प्रान्तमा २२ जना मारिएका हुथी मिडियाले शनिबार जनाएको छ।

मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेका बताइएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गरिब मुलुक यमनमा फेरि लडाईं सुरु भएपछि एक बर्षको अवधिमा एक हजार ६०० भन्दा बढी मानिस मारिएका छन् भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।

हुथीहरूको साबा समाचार एजेन्सीले भनेको छ, “अल–शारियाह क्षेत्रमा ‘साउदी लडाकू विमानको नरसंहारमा मारिनेको सङ्ख्या बढेर २२ पुगेको छ । तीमध्ये अधिकांश बालबालिका र महिला छन् । आक्रमणमा घाइते भएका व्यक्तिको सङ्ख्या ३० पुगेको छ।”

इरान समर्थित समूहको अल–मसिराह टेलिभिजनले पनि हताहतीको समान सङ्ख्यालाई पुष्टि गरेको छ।

साबाले शनिबार बिहानै भग्नावशेषबाट पीडितहरू निकाल्ने काम जारी रहेको र ‘विमानले उद्धारकर्मीलाई दुई पटक आक्रमण गरेको’ जनाएको छ।

अल–मसिराहले अल–शारियाहमा खिचिएको भनिएको फुटेज प्रसारण गरेको छ । त्यसमा आक्रमणस्थलबाट धुवाँ उडिरहेको, भग्नावशेषको थुप्रो र अस्पतालमा घाइतेहरू देखाइएको छ।

अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको पक्षमा यमनमा लडिरहेको साउदी अरबले यस रिपोर्टबारे कुनै टिप्पणी गरेको छैन।
साउदी नेतृत्वको गठबन्धनले शनिबार एउटा वक्तव्य जारी गरी भनेको छ, “रियाद प्रान्ततर्फ प्रहार गरिएको हुथी लडाक्रको मिसाइललाई अवरोध गरी नष्ट गरिएको छ।”

शुक्रबार ताइज प्रान्तको एउटा बजारमा आक्रमण हुँदा ३० जना मारिएका थिए। हुथी समूहले घटनामा साउदी हवाई आक्रमण जिम्मेवार रहेको दावी गरेको छ ।

यमन सरकारका बलले इरान समर्थित समूहले त्यहाँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको आरोप लगाएका छन् ।

जुलाईमा हुथी र साउदी समर्थित सरकारबीच वर्षौंको सापेक्षिक शान्तिपछि यमन फेरि युद्धमा फर्किएको थियो । यसले मध्यपूर्वको द्वन्द्वमा नयाँ मोर्चा खोलेको छ।

त्यसयता साउदी अरबले नियमित रूपमा हुथी सैन्य शिविरहरूमा बमबारी गर्दै आएको छ भने समूहले तेलका लागि धनी राज्य साउदी अरबविरुद्ध आक्रमण बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी