सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, २३ कात्तिक: ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका-११ की देवीकुमारी दाहालले पालेका १५० घारका मौरी रोग लगेपछि मरेका छन् । अब उहाँको ५० घारमा मात्र मौरी बाँकी छन् ।

अठार वर्षअघि रु एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालन सुरु गर्नुभएकी उहाँको समूहसँग कुनै बेला ९०० सम्म मौरीका घार थिए । वार्षिक १० हजार किलो शुद्ध मह उत्पादन गर्दै उहाँले बर्सेनि रु ३० लाखसम्म आम्दानी गर्नुहुन्थ्यो ।

मौरीपालनका कारण राष्ट्रपति पुरस्कार पनि पाउनुभएकी दाहालले रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि यो व्यावसायलाई निरन्तरता दिन कठिन भइरहेको बताउनुभयो । “विभिन्न रोगको सङ्क्रमणले ठूलो क्षति भयो,” उहाँले भन्नुभयो, “ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण सम्बन्धित निकायले बनाउनु जरुरी छ ।”

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् । कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताउनुभयो । कनकाई मौरीपालन उद्योगका सञ्चालक उहाँले व्यावसायिक मौरीपालनले लगानी अनुसारको प्रतिफल दिन नसकेको गुनासो सुनाउनुभयो ।

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उहाँको भनाइ छ । उहाँले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेका शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताउनुभयो । मौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या प्रमुख कारण रहेको उहाँको भनाइ छ ।

वार्षिक दुई हजार किलीससम्म मह उत्पादन गर्दै आउनुभएका शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभावी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठूलो सङ्कट निम्तिएको बताउनुभयो । किसानले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्‍याउन सके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार