सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हेग्सेथको बचाउमा ट्रम्प

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, २४ कात्तिक (रासस÷एएनआई) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गर्नुभएको छ । उहाँले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन सांसद थोमस म्यासीलाई ‘हारेको व्यक्ति’ भन्दै आलोचना गर्नुभयो ।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्दै भियतनाम युद्धमा ६५ हजार अमेरिकीले ज्यान गुमाएको स्मरण गर्नुभयो । उहाँले इराक र अफगानिस्तान युद्ध सञ्चालन गर्ने नेतृत्वमाथि महाभियोग नलगाइएको भन्दै हेग्सेथलाई मात्रै निशाना बनाउनु अनुचित भएको तर्क गर्नुभयो ।

केन्टकीका सांसद म्यासीले हेग्सेथमाथि कार्यकारी अधिकारको दुरुपयोग र इरानसँग युद्ध सुरु गर्न गैरकानूनी आदेश कार्यान्वयन गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव पेस गर्नुभएको थियो । सदनको नियमअनुसार प्रस्तावमाथि बुधबारसम्म प्रक्रियागत मतदान हुनुपर्नेछ ।

यसैबीच, हेग्सेथले मङ्गलबार पेन्टागनमा पत्रकार सम्मेलन गरी महाभियोग प्रस्तावबारे धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । ट्रम्पले इरानको आणविक पूर्वाधार ध्वस्त पारेर आणविक क्षमता हासिल गर्नबाट रोकिएको र अमेरिकी कारबाहीले इजरायल तथा मध्यपूर्वको सुरक्षा गरेको दाबी गर्नुभएको छ । सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले पनि हेग्सेथविरुद्धको महाभियोग पहललाई समर्थन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर