सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अर्थमन्त्री वाग्लेलाई बधाई ज्ञापन

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उहाँलाई बधाई ज्ञापन गरेको हो ।

अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा उहाँलाई समेटिएकामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँलाई बधाई ज्ञापन गर्नुभएको हो । उहाँ सो पार्टीको उपसभापति हुनुहुन्छ ।

महामन्त्री आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा वाग्लेले रसुवा र भोटेकोशी बाढीपश्चात् जलवायु न्यायका लागि विश्व मञ्चमा गर्नुभएको पैरवी, जलवायु वित्त परिचालनका लागि पहल र स्रोत व्यवस्थापन, अन्तरराष्ट्रिय प्रणालीगत सुधारलगायतका क्षेत्रमा लिनुभएको नेतृत्व र अग्रसरता नेपालको लागि उल्लेखनीय रहेको बताइएको छ ।

“हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपद् र त्यसबाट प्रभावित समुदायका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा जलवायु न्याय, जलवायु वित्त तथा हानि–नोक्सानीको न्यायोचित सम्बोधनका लागि उहाँले गर्नुभएको पैरवीले नेपालको अवस्थाका बारेमा जानकारी दिन तथा नेपालको आवाज विश्वसामु पुर्याउन योगदान गरेको छ”, महामन्त्रीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले वाग्लेको प्रयासको सम्मानमात्र नभई जलवायु सङ्कटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव