सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जन अधिकार पार्टीद्वारा छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन माग

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जन अधिकार पार्टीले छठ पर्वका अवसरमा देशभर तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ। पार्टीले छठ पर्वलाई नेपालको राष्ट्रिय पर्वका रूपमा औपचारिक घोषणा गरी राष्ट्रिय पर्वको मान्यता प्रदान गर्नसमेत माग गरेको हो।

पार्टीका राष्ट्रिय अध्यक्ष डा.शरदसिंह यादवद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत सरकारसमक्ष चारबुँदे माग प्रस्तुत गरिएको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश भएको उल्लेख गर्दै छठ पर्व नेपालको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व भएको बताइएको छ।

पछिल्लो समय तराई-मधेस क्षेत्रमा मात्र सीमित नरही काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा समेत श्रद्धा, आस्था र उत्साहका साथ छठ पर्व मनाउने क्रम बढ्दै गएको पार्टीको भनाइ छ।

सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, स्वच्छता, अनुशासन, सामाजिक सद्भाव, पारिवारिक एकता तथा समानताको सन्देश प्रवाह गर्ने विज्ञप्तिमा उल्लेख छ।

छठ पर्वमा लाखौँ श्रद्धालु भक्तजनले चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार सहभागी हुने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव