सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी

२०८३ कार्तिक २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अन्ताल्या (टर्किए), २५ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी हुनुभएको छ ।

जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले उहाँले शेर्पा समुदायको परम्परागत पोशाक रोज्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

शेर्पा समुदायको पहिरनमा सम्मेलनमा सहभागी हुनुले नेपालको हिमाली पहिचानलाई अन्तरराष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुका साथै हालैको भोटेकोशी विपद् र नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका विपद्का विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

मन्त्री चौधरी कोप–३१ सम्मेलनमा सहभागी हुन आज अन्ताल्या आइपुग्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श