सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

२०८३ कार्तिक २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ कात्तिकः एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन् ।

थाइल्यान्डको पटायामा आयोजना हुने आइएफबिबी (अन्तरराष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस महासङ्घ)ले आज त्यसतर्फ जानलागेका खेलाडीलाई  विदाई गरेको छ ।

यही कात्तिक २७ देखि ३० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिर्दै बिदाइ गर्नुभएको हो ।

उहाँले अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित पनि गर्नुभयो ।

नेपालको तर्फबाट दुई खेलाडीले भाग लिदैछन् । अनिश थापा र असिमबाबु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीको प्रशिक्षकमा रामबहादुर दाहाल हुनुहुन्छ । नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका महासचिव तथा अन्तरराष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुनुहुनेछ ।

बिदाइ कार्यक्रममा नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, आइएफबिबी अन्तरराष्ट्रिय निर्णायक केशव नागा, अन्तरराष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडी सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायक दिपेश पाठक र शम्भु अधिकारीलगायतको उपस्थिति थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा