सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

२०८३ कार्तिक २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ ।

विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी हुनुभएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गर्नुभएको हो । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटन विकासमा सहकार्य तथा आर्थिक साझेदारी विस्तार गर्नुपर्ने बताउनुभयो ।

मन्त्री साहले नेपाल जलविद्युत्, पर्यटन, स्वच्छ ऊर्जा तथा प्रविधि विकासका क्षेत्रमा लगानीका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री नायडुले मन्त्री साहले उठाउनुभएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यका लागि इच्छुक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श