सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ब्राउनसुगर, हेरोइन र गाँजासहित पर्सा, धनुषा, सुनसरी र झापाबाट १० जना पक्राउ

२०८३ कार्तिक २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित बारा कोल्हवी नगरपालिका-८ नयाँ बस्ती टोल बस्ने २० वर्षीय समिर बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले मितेरी पुलदेखि वीरगंजतर्फ जाँदै गरेको ना.२ ह ३९८९ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम र नगद ३१ हजार ४ सय ६० रूपैयाँ सहित शहिदनगर नगरपालिका-३ यदुकुहा बस्ने २१ वर्षीय उपेन्द्र मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, देवानगंज गाउँपालिका-५ पाल टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ६० ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्जु गाउँपालिका-५ बस्ने २७ वर्षीय डोमा पासवान, २३ वर्षीय पवन कुमार यादव र भारत अररिया पोचदह-५ बस्ने २३ वर्षीय सोनु यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले नेपालदेखि भारततर्फ जाँदै गरेको प्र.१-०२-००४ ह ९६६९ नम्बरको सिटि सफारी जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी सिटि सफारी चालक डोमा तथा सिटि सफारीसँगै आउँदै गरेको को.१५ प ९६५६ नम्बरको मोटरसाइकल चालक पवन कुमार र बिआर ३८ ए एन ५२६१ नम्बरको मोटरसाइकल चालक सोनु यादवलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-‍३ त्रिवेणी चोक बस्ने ३५ वर्षीय रबिन भुजेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

झापा, विर्तामोड नगरपालिका-९ घौलापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २० वर्षीय राहुल शेख समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ