सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, २८ कात्तिक (रासस/एएफपी) ः दशकौँ पुरानो सञ्चार प्रविधिमा समस्या आएपछि शुक्रबार अमेरिकाभर केही घण्टाका लागि हवाई उडान रोकिएको छ । यसबाट देशभरका लाखौँ यात्रु प्रभावित भएका छन् भने हजारौँ उडान रद्द भएका छन् ।

सरकारी अधिकारीका अनुसार हवाई यातायात नियन्त्रण प्रणालीमा आएको व्यापक सञ्चार अवरोधका कारण देशभरका विमानस्थलमा उडान रोक्नुपरेको हो । उडानका लागि तयारी अवस्थामा रहेका केही विमानबाट यात्रुलाई अन्तिम समयमा ओरालिएको थियो ।
अमेरिकाको सङ्घीय उड्डयन प्रशासनले करिब चार घण्टापछि उडान रोकसम्बन्धी आदेश हटाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने उक्त समस्या कुनै नियोजित आक्रमणका कारण भएको प्रमाण नरहेको जनाएको छ ।

यातायातमन्त्री सन डफीले दशकौँ पुरानो प्रणाली, पुराना स्विच, राउटर तथा सन् १९८० को दशकका तामाका तार प्रयोग भइरहेकाले समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले पुरानो प्रणालीमा अत्यधिक भार परेपछि देशभर सञ्चार सेवा अवरुद्ध भएको जानकारी दिनुभयो ।

डफीले हवाई यातायात नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न अमेरिकी संसद्सँग ३० अर्ब १० करोड अमेरिकी डलर बजेट माग गरेका छन् ।
उडानसम्बन्धी तथ्याङ्क राख्ने संस्था फ्लाइटअवेयरका अनुसार यस घटनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी करिब छ हजार उडान रद्द भएका थिए । विमानस्थलहरूमा यात्रुको भीड बढेको थियो भने धावनमार्ग र विमानस्थल परिसरमा विमानहरू रोकिएका थिए ।

न्युयोर्कको लागार्डिया विमानस्थलमा यात्रु टियारा जोन्सनले ओर्लान्डो जाने आफ्नो उडान पटक–पटक सारिएको बताउनुभयो । सुरुमा बिहान ७ः५५ बजे भनिएको उडानको समय पटक–पटक परिवर्तन हुँदै १०ः३० बजे पु¥याइएको थियो ।

अमेरिकी अधिकारीहरूले उक्त घटना साइबर आक्रमण वा कृत्रिम बौद्धिकतासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । यसअघि सन् २०२३ मा पनि सूचना प्रणालीमा समस्या आएपछि अमेरिकाभर उडान प्रभावित भएको थियो । सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि भने पहिलो पटक यति व्यापक रूपमा हवाई सेवा रोकिएको थियो ।

उडान अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक यातायात खोज्न बाध्य भएका थिए । कतिपयले गाडी भाडामा लिन लामो समय लाइन बस्नुपरेको थियो भने कतिपयले थप एक रात विमानस्थल नजिकै बिताउनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी