सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वाशिङ्टन, २८ कात्तिक (रासस/एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच अर्को साता चीनको सेन्जेनमा पहिलो त्रिपक्षीय भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले शुक्रबार यसबारे जानकारी गराएको हो ।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा बिहीबार तीनै नेताबीच भेटवार्ता हुने ह्वाइट हाउसको प्रवक्ता ओलिभिया वेल्सले बताउनुभएको छ ।

उक्त भेटवार्तामा राष्ट्रपति ट्रम्पले विश्वभर आणविक हतियारको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ । यसका साथै इरानसँग जारी युद्धबारे पनि छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । यद्यपि, रुस र युक्रेनबीच जारी युद्धको विषय भने उक्त बैठकमा समावेश हुने सम्भावना नरहेको बताइएको छ ।
अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबीच छुट्टै कूटनीतिक वार्ता भइरहेको छ । त्यसैले उक्त विषयमा चीनसँग त्रिपक्षीय छलफल गर्नु उपयुक्त नहुने अमेरिकी पक्षको भनाइ छ ।
यस भेटवार्तालाई सन् १९४५ मा भएको याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ । उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सेन्जेनमा हुने बैठकले विश्वका शक्तिशाली राष्ट्रबीच प्रभाव क्षेत्र बाँडफाँट गर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय भेटवार्ता र कार्यकारी दिवाभोज गर्ने कार्यक्रमसमेत रहेको छ । तर, रुसी राष्ट्रपति पुटिनसँग छुट्टै भेटवार्ताको कार्यक्रम भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी