सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २९ कात्तिकः काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ ।

महानगरले एक सूचना जारी गरी ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रर्वद्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रर्वद्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले विभिन्न साझेदार संस्थाको सहकार्यमा मङ्सिर ७ गतेदेखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार नगद, दोस्रो हुनेले रु ३० हजार, तेस्रो हुनेले रु २० हजार र सात जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही १० हजार प्रदान गरिने महानगरले जनाएको छ । महानगरले उक्त प्रतियोगितामा भाग लिन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना