सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एनपीएल : पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

प्लेअफको दौडबाट बाहिरिएको कर्णाली याक्सले यस सिजनको अन्तिम खेलमा सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गरेको छ ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछाएको चितवनले १९.१ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । चितवनका लागि कमिल मिशाराले २५, उसमा मिरले २८, देव खनालले १४ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर हुसैन तलतले ३ विकेट लिए भने मार्क वाट र पवन सराफले २-२ तथा सोमपाल कामीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै १५३ रन बनाएको थियो । कर्णालीका लागि हुसैन तलतले सर्बाधिक अविजित ५१ रन बनाए भने अरिफुल इस्लामले ३५ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८ र पवन सराफले १५ रन बनाएका थिए । त्यस्तै चितवनका बलर कमल सिंह ऐरी, सलाहुद्धीन खान र उसमा मिरले २-२ विकेट लिएका थिए ।

यो हारपछि पनि चितवन भने यसअघि नै प्लेअफमा पुगेको छ र चितवन अब चौथो स्थानमै रहेर इलिमिनेटर खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा