सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ । तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबीच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा रुसी र अमेरिकी समकक्षीसँग भेटवार्ता गर्नुहुने उल्लेख छ । यद्यपि बैठकमा छलफल हुने विषय र कार्यसूचीबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।

यो उच्चस्तरीय भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिखर सम्मेलनसँग पनि जोडिएको छ । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सिसिपिआइटी) ले आइतबार दिएको जानकारीअनुसार नोभेम्बर १७ र १८ मा हुने उक्त सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुनुहुनेछ ।

सिन्ह्वाका अनुसार सिसिपिआइटीका उपाध्यक्ष ली छिङ्सुआङले पत्रकार सम्मेलनमा अस्ट्रेलिया, क्यानाडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड, भियतनाम र आयोजक चीनका प्रतिनिधिहरूले सम्मेलनका विभिन्न सत्रमा सम्बोधन गर्ने वा सहभागिता जनाउने जानकारी दिनुभएको थियो ।

राजनीतिक नेतृत्वसँगै सम्मेलनमा विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहनेछ । फच्र्युन ग्लोबल ५०० सूचीमा रहेका ११५ कम्पनीका कार्यकारीहरू सम्मेलनमा सहभागी हुनेछन् । लीका अनुसार मुख्य भूमि चीनबाहिरका मुलुक तथा क्षेत्रबाट आउने प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको सहभागिता सबैभन्दा ठूलो हुनेछ । सम्मेलनमा सहभागी कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी हुनेछन् ।

सम्मेलनमा अमेरिका, रुस र जापानका व्यापारिक सङ्घका नेताहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सहभागी हुनेछन् । ‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने यस मञ्चले एपेकका आर्थिक नेताहरूको बैठकका क्रममा सरकारी नीति र निजी क्षेत्रका व्यावसायिक प्राथमिकताबीच समन्वय बढाउने अपेक्षा गरिएको छ ।

सम्मेलनका छलफलमा आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने, क्षेत्रीय व्यापारिक प्रक्रियालाई सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रका क्षेत्रमा संयुक्त लगानी र सहकार्य विस्तार गर्ने विषय प्राथमिकतामा रहनेछन् ।

यसैबीच, आगामी नेताहरूको शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्न एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ मा शेन्जेनमा सुरु भएको थियो । परिषद्ले निजी क्षेत्रका सुझावलाई समेटेर आगामी नेताहरूको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर