सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मार्कोसको शान्तिपूर्ण विवाद समाधानमा जोड

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मार्कोसको मनिला, ३० कात्तिक (रासस/एएनआई):दक्षिण चीन सागरमा तनाव जारी रहेका बेला फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरले आसियान र चीनलाई क्षेत्रीय विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गर्नुभएको छ ।

मनिलामा आयोजित २९औँ आसियान–चीन शिखर सम्मेलनमा उहाँले आत्मसंयम, पारस्परिक सम्मान र व्यावहारिक सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । दक्षिणपूर्वी एसियाली मित्रता तथा सहयोग सन्धिको ५०औँ वार्षिकोत्सवलाई अन्तर्राष्ट्रिय कानूनको पालना र शान्तिपूर्ण समाधानप्रतिको प्रतिबद्धता दोहो¥याउने अवसरका रूपमा उहाँले उल्लेख गर्नुभयो ।

मार्कोसले दक्षिण चीन सागरमा आचारसंहिता बनाउने वार्ता छिटो टुङ्ग्याउनुपर्ने र सम्झौता अन्तर्राष्ट्रिय कानूनअनुरूप हुनुपर्नेमा जोड दिनुभयो । फिलिपिन्सको विदेश मामिला विभागका अनुसार वार्ताको करिब ८० प्रतिशत काम पूरा भएको छ ।

यसैबीच, चिनियाँ प्रधानमन्त्री ली छ्याङले आसियान र चीनबीचको व्यापार एक खर्ब अमेरिकी डलर तथा पारस्परिक लगानी पाँच खर्ब अमेरिकी डलर नाघेको बताउनुभयो । उहाँले डिजिटल तथा हरित अर्थतन्त्र, कृत्रिम बौद्धिकता र क्षेत्रीय सम्पर्क विस्तारमा सहकार्य बढिरहेको उल्लेख गर्नुभयो ।

चीनसँग व्यापारिक सम्बन्ध कायम राख्दै आएको फिलिपिन्सले दक्षिण चीन सागरका समुद्री चुनौती सामना गर्न अन्तर्राष्ट्रिय साझेदारसँग रक्षा सहकार्य पनि विस्तार गरिरहेको छ । विवाद समाधानमा जोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी