सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

डाँगीको घरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ, कात्तिक ३० गते । जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख रुपियाँभन्दा बढी नगद र ताससहित दाङको तुलसीपुरबाट १५ जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–५, मासु मार्केटस्थित तेजबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार प्रहरीले घटनास्थलबाट पाँच लाख ३० हजार २३५ रुपियाँ नगद र तास बरामद गरेको छ ।

उहाँका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५, बसपार्क निवासी ५५ वर्षीय मोहमद अनिस कुरेसी, वडा नं. ७, नयाँबस्ती निवासी ५२ वर्षीय भीमसेन विक, वडा नं. ८, दुधेना निवासी ३२ वर्षीय सिमोन सुनार र वडा नं. ९, बेलुवा निवासी ४५ वर्षीय मानबहादुर विक रहेका छन् ।

त्यसैगरी, तुलसीपुर–५, मासु मार्केट निवासी ५० वर्षीय रहिस कुरेसी, वडा नं. ९, बेलुवा निवासी ४० वर्षीय कमल विक र ४९ वर्षीय केशव विक, वडा नं. १५, हरिपौरा निवासी २६ वर्षीय विशाल केसी, वडा नं. १२, जसपुर निवासी ३१ वर्षीय किशोर विक र वडा नं. ७, हात्तीखौवा निवासी ४५ वर्षीय धनेश्वर विक पक्राउ परेका छन् ।

यसैगरी, तुलसीपुर–९, बेलुवा निवासी ६३ वर्षीय कुलबहादुर डाँगी र ३३ वर्षीय साहिद राईनी, घोराही उपमहानगरपालिका–८, ढिकपुर निवासी ४५ वर्षीय कान्तप्रसाद गिरी तथा सल्यानको शारदा नगरपालिका–८, रानीकोट निवासी ३१ वर्षीय सुमन बुढाथोकी र कुपिण्डे नगरपालिका–९, जहितेपानी निवासी ४२ वर्षीय वीरबहादुर विष्ट पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसअघि पनि प्रहरीले घोराहीका विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ