सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यस वर्ष नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ख्वप (भक्तपुर), ३० कात्तिक : यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ ।

तालिकाअनुसार आगामी मङ्िसर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरी यस वर्षको जात्रा सुरु हुनेछ । जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले मङ्सिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौँ र काभ्रेका विभिन्न स्थानमा जात्रा सञ्चालन हुने जानकारी दिनुभयो ।

पुस ९ गते मध्यपुरथिमिको दिगुटोलमा देवगणको आगमन हुनेछ भने पुस १० देखि १५ गतेसम्म मध्यपुरथिमिका विभिन्न स्थानमा जात्रा सञ्चालन हुनेछ । त्यसैगरी, पुस १७ देखि २१ गतेसम्म काठमाडौँको टोखा, गोकर्ण र चपली क्षेत्रमा जात्रा हुनेछ । नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल वनमालाले पुस ३० गतेदेखि माघ ६ गतेसम्म भक्तपुरको सूर्यमढी, दत्तात्रय, क्वाठण्डौँ र गछें क्षेत्रमा जात्रा सञ्चालन हुने बताउनुभयो ।

माघ १५ देखि १८ गतेसम्म काठमाडौँको साँखु, माघ १९ र २० गते चाँगुनारायण तथा माघ २८ र २९ गते भक्तपुर नगरपालिका–६ स्थित महालक्ष्मी क्षेत्रमा जात्रा हुने तालिकामा उल्लेख छ । त्यस्तै फागुन महिनामा भक्तपुरका विभिन्न स्थानसँगै काभ्रेको साँगा र नालामा समेत जात्रा सञ्चालन हुनेछ । फागुन ६ र ७ गते साँगा तथा फागुन २८ देखि ३० गतेसम्म नाला क्षेत्रमा जात्रा हुनेछ ।

चैत १ र २ गते धुलिखेल तथा चैत ३ गते काभ्रेको श्रीखण्डपुरमा जात्रा सञ्चालन हुनेछ । यसैगरी चैत २५ र २६ गते भक्तपुरको बालाखु क्षेत्रमा जात्रा सञ्चालन भएसँगै यस वर्षको सार्वजनिक जात्रा तालिका सम्पन्न हुनेछ । नवदुर्गा देवगणको जात्रा भक्तपुरको जीवन्त सांस्कृतिक एवं ऐतिहासिक सम्पदाका रूपमा परिचित छ । विभिन्न देवीदेवताको स्वरूपमा मुकुण्डो धारण गरेका देवगण नगर तथा विभिन्न बस्तीमा पुगेर नाच तथा जात्रा प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।

प्रत्येक वर्ष दसैँमा राष्ट्रपति दर्शन गर्न आउने भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल