सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३० कात्तिक : नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको सङ्कल्पले तीन दिने महालक्ष्मी विशेष साधना गरिरहेको छ ।

‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्नुहुने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा सुरु भएको तीन दिने महारुद्राभिषेकअन्तर्गत महालक्ष्मी विशेष साधना पनि भइरहेको फाउण्डेशनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।

वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न नेपाल राष्ट्र ऋण मुक्त भई समृद्ध हुनुपर्ने भएकाले यो महालक्ष्मी विशेष साधना पनि गरिएको उहाँले बताउनुभयो । मङ्गलबारसम्म चल्ने महालक्ष्मी विशेष साधनामा श्री सूक्तको पाठ एवं जपलगायत साधनाका कर्म भइरहेको छ । हिमालको काखमा रहेको नेपाल भूमिबाट सुरु भएको वैदिक ज्ञान बाँड्ने क्रमको पुन:निरन्तता एवं यसको विश्वव्यापी नेतृत्व नेपालले गर्न सक्छ भनी उद्घोष गर्नुहुने महर्षि महेश योगीका नाममा नेपालमा खुलेको फाउण्डेशनले महालक्ष्मी विशेष साधनाको नेतृत्व गरिरहेको छ ।

महालक्ष्मीको विशेष आरधनाका साथ जारी तीनदिने महारुद्राभिषेक यज्ञ वैदिक शास्त्रीय विधि र परम्पराअनुसार सञ्चालन भइरहेको छ । यसमा ५७ जना पण्डितले रुद्री पाठ, १३ जनाले चण्डी पाठ, १५ जनाले हवन, तीन जनाले नवग्रह पाठ र एक जनाले वेद पाठ गरिहरहेको यज्ञका कर्ता डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

दक्षिणकाली नगरपालिका वडा नं. १ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा भइरहेको महारुद्राभिषेक विसं २०३१ कात्तिक ८ गतेदेखि २३ गतेसम्म नेपालमा आई महर्षि महेश योगीले वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भनी उद्घोष गर्नुभएको ५२ वार्षिकोत्सवको सम्झनामा आयोजना गरिएको हो । त्यसबेला उहाँलाई नेपाल आमन्त्रण र स्वागत गर्ने अग्रपङ्क्तिमा योगी नरहरिनाथ, नाट्यसम्राट बालकृष्ण सम, संस्कृतिविद् एवं साहित्यकार पूर्णप्रसाद ब्राह्मण लगायतका व्यक्तित्व हुनुभएको पनि फाउण्डेशनले जनाएको छ ।

महारुद्राभिषेकको दोस्रो दिन नेपाल संस्कृत विश्वविद्यालयका प्रा भवानीप्रसाद खतिवडाले अध्यात्मसम्बन्धी विशेष प्रवचन गर्नुहुँदै भावातीत ध्यानका माध्यमबाट मानिसले जीवनमा ऊर्जा, शक्ति र प्रेरणाको स्रोत प्राप्त गर्ने भएकाले यसको नियमित अभ्यास गर्नुपर्नेमा जोड दिनुभएको थियो । महारुद्राभिषेक मङ्सिर १ गते मङ्गलबार विशेष कार्यक्रम आयोजना गरी समापन गरिने पनि फाउण्डेशनका अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना