सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

माङसेबुङमा नि:शुल्क आँखा शिविर

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम, ३० कात्तिक : माङसेबुङ गाउँपालिकामा चार दिने नि:शुल्क आँखा परीक्षण (शिविर) आजबाट सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ७३औँ जन्मोत्सवको अवसरमा उक्त शिविर हुन गइरहेको हो । किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति, माङसेबुङ गाउँपालिकाका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा  शिविर सञ्चाल गरिएको हो ।

माङसेबुङ गाउँपालिका कार्यालयमा सुरु भएको शिविरको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गर्नुभयो । मङ्सिर ४ गते हुने शिविर दुई चरणमा हुनेछ । आयोजकका अनुसार पहिलो चरणमा सोमबार माङसेबुङ गाउँपालिको शिविरबाट आँखाका बिरामीको परीक्षण गरी मोतिबिन्दु पहिचान गरिनेछ ।

दोस्रो चरणमा मङ्सिर २, ३ र ४ गते माङसेबुङ गाउँपालिका–५ स्थित भालुटारमा नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन हुनेछ । शिविरमा यसअघि छनौट भएका बिरामीको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको आयोजक अङ्सीमाङगेन्ना सेवा समिति अध्यक्ष केहरसिं योङहाङले जानकारी दिनुभयो ।

डा सन्दुक रुइतको उपस्थितिमा मोतिबिन्दुको शल्यक्रिया हुनेछ । शिविरमा डा रुइतसहित तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. भोला यादव, डा दावा तामाङ, डा विवेक चौधरीको उपस्थिति छ । सोमबार बिरामीको आँखा परीक्षण, औषधि वितरण, चस्मा वितरण र मोतिबिन्दु पहिचान भएकालाई शल्यक्रियाका लागि सिफारिस भइरहेको डा यादवले जानकारी दिनुभयो ।

सेवा लिन माङसेबुङका विभिन्न गाउँ तथा क्षेत्रबाट सेवाग्राहीहरु शिविरमा सहभागी भएका छन् । मोतियाबिन्दु शल्यक्रियाका लागि गाउँपालिकामा भएको आँखा परीक्षण शिविरबाट भालुटारमा हुने शल्यक्रिया शिविरसम्म बिरामी पुर्‍याउन र ल्याउन गाउँपालिकाले सवारीसाधनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो । “आजको शिविरबाट मोतिबिन्दु पहिचान भएकालाई मङ्सिर २ देखि ४ गतेसम्म माङसेबुङ–५ भालुटारमा हुने शिविरसम्म लैजान र ल्याउन गाउँपालिकाले गाडीको व्यवस्था गरेको छ”, अध्यक्ष राईले भन्नुभयो, “नेत्र रोग विशेषज्ञको उपस्थितिमा माङसेबुङमा पहिलोपटक आयोजना भएको शिविरबाट अधिकतम सेवा लिन गाउँवासीलाई अपिल गरिएको छ ।”

मोतियाबिन्दुको शल्यक्रिया गर्ने बिरामीलाई आयोजकले खाना र बस्नको समेत व्यवस्था गरेको आयोजक अङ्सीमाङ्गेन्ना समिति अध्यक्ष योङहाङले बताउनुभयो । “मोतिबिन्दुको शल्यक्रिया गर्न आउने बिरामीका लागि आयोजकको तर्फबाट खाना र बस्नको लागि नि:शुल्क व्यवस्था गरिएको छ”, अध्यक्ष योङहाङले भन्नुभयो ।

आँखाको समस्या भएर पनि उपचारको पहुँचमा पुग्न नसकेका बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट माङसेबुङका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार