काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय सानो गौचरले पक्राउ गरेको हो ।
उनी आइतबार राति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाडौं आएका थिए । विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले उनलाई सोधपुछ तथा जाँच गरेको थियो।
जाँचका क्रममा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा सुनजस्तो देखिने पहेँलो पदार्थ बरामद भएको विमानस्थलका डीएसपी ढुण्डिराज नेउपानेले बताए । बरामद सुनको तौल ६३५.९६ ग्राम रहेको प्रहरीले बताएको छ ।
