सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिङ्गापुर, १ मङ्सिर (रासस/एएफपी) :चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ ।

सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ ।

नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ तथा अमेरिकी हतियार प्रतिबन्ध लागेका मुलुकमा मुख्यालय रहेका कम्पनीलाई विश्वका कुनै पनि डाटा सेन्टरबाट उन्नत चिप्समा आधारित ठूलो कम्प्युटिङ क्षमता उपलब्ध गराउन अमेरिकी अनुमति आवश्यक पर्नेछ । यसअघि चिनियाँ कम्पनीले दक्षिणपूर्वी एसियाका डाटा सेन्टरबाट प्रतिबन्धित अमेरिकी हार्डवेयरमा आधारित कम्प्युटिङ क्षमता भाडामा लिन सक्ने अवस्था थियो । सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र ब्राजिलमा उन्नत चिप्स पठाउनसमेत अब अमेरिकी इजाजतपत्र चाहिनेछ ।

सिङ्गापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रण छल्न चिनियाँ कम्पनीलाई सहयोग गरेको आशङ्काबीच नयाँ प्रतिबन्ध आएको हो । यस विवादमा एनभिडियाका प्रमुख जेन्सेन हुआङको नामसमेत जोडिएको छ । मेगास्पिडले भने एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकेको जनाएको छ ।

सिङ्गापुर सरकारले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठालाई गम्भीरतापूर्वक लिने उल्लेख गर्दै अन्य देशका कानून छल्न आफ्नो क्षेत्र प्रयोग गर्ने कम्पनीलाई छुट नदिने बताएको छ । साथै, वैध कम्पनीका लागि उन्नत सेमिकन्डक्टर र कम्प्युटिङ प्रविधिमा पहुँच कायम राख्दै कानुन उल्लङ्घन गर्नेमाथि कारबाही गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर