सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इमरान खानको स्वास्थ्य गम्भीर

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लन्डन, १ मङ्सिर (रासस/एएनआई) :पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूले जेलमा उहाँलाई शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै तत्काल उपचार र परिवारसँग सम्पर्कको व्यवस्था नगरिए ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।

स्काई न्युजसँगको अन्तर्वार्तामा सुलेमान इसा खान र कासिम खानले आफ्ना ७४ वर्षीय बुबालाई अडियाला जेलमा दिनको २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र स्वतन्त्र चिकित्सकको पहुँचबाट वञ्चित गरिएको बताउनुभयो । उहाँहरूको दाबीअनुसार खानको रक्तचाप करिब १९३ पुगेको छ र तत्काल उपचार आवश्यक छ ।

छोराहरूले सर्वोच्च अदालतले गत अगस्ट १८ मा खानलाई सिफा अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउन तथा परिवारसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको आरोप लगाएका छन् । खानले पनि हालै सार्वजनिक गर्नुभएको खुला पत्रमा रक्तचाप १९२ देखि १९३ पुगेको, मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको तथा दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले सन् २०२५ डिसेम्बर २० देखि दैनिक २२ घण्टा एकान्त कारावासमा राखिएको र भेटघाट तथा कानूनी परामर्शमा प्रतिबन्ध लगाइएको बताउनुभएको छ ।

छोराहरूले बुबासँग अन्तिम पटक गत मार्च २२ मा फोनमा कुरा गरेको र सन् २०२२ नोभेम्बरयता व्यक्तिगत रूपमा भेट्न नपाएको बताएका छन् । हत्याको प्रयासमा गोली लागेर घाइते भएको केही समयपछि सन् २०२३ अगस्टमा खान पक्राउ पर्नुभएको थियो ।

अदालतको आदेशअनुसार खानलाई निजी अस्पतालमा सार्नुपर्ने भए पनि अधिकारीहरूले उहाँलाई राज्यद्वारा सञ्चालित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा केही समय राखेर पुनः जेल फर्काएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सूचना मन्त्री अत्ताउल्लाह तरारले सुरक्षा चुनौतीका कारण यस्तो गरिएको बताउनुभएको थियो भने पिटिआईले उक्त तर्क अस्वीकार गरेको छ ।

खानले जेलमा रहेकी पत्नी बुशरा बीबीको स्वास्थ्यबारे पनि चिन्ता व्यक्त गर्नुभएको छ । सन् २०२५ जनवरीदेखि जेलमा रहेकी बुशरा बीबीले गत अप्रिलमा आँखाको जटिल शल्यक्रिया गराउनुभएको र उहाँको दृष्टि स्थायी रूपमा गुम्न सक्ने जोखिम रहेको खानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी