सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ मङ्सिरः नेकपा (एमाले)को जारी राष्ट्रिय भेलामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका काम तथा उपलब्धिको फेहरिस्त प्रस्तुत गर्नुभएको छ ।

भेलाको बन्दसत्रमा उपाध्यक्ष एवं पूूर्वअर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यबमोजिम तत्कालीन एमाले नेतृत्वमा सरकार रहँदा अघि बढाइएका विकास निर्माण, पूर्वाधार विकास, आर्थिक सुधार, सामाजिक सुरक्षा तथा जनजीविकासँग सम्बन्धित काम र उपलब्धिबारे विस्तृत विवरण प्रस्तुत गर्नुभएको हो ।

उहाँले सरकारको नेतृत्व गर्दा लिइएका नीतिगत निर्णय, कार्यान्वयन गरिएका कार्यक्रम तथा विभिन्न क्षेत्रमा हासिल भएका उपलब्धिलाई पार्टीका नेता तथा कार्यकर्तामाझ राख्नुभएको थियो । सरकारमा रहँदा पार्टीले अघि सारेका प्राथमिकता र तिनको कार्यान्वयनको अवस्थाबारे पनि उहाँले जानकारी गराउनुभएको थियो ।

तीन हजार ४१४ अगुवा नेता कार्यकर्ता सहभागी भेलामा पार्टीको वर्तमान अवस्था, सङ्गठनात्मक सुदृढीकरण,  स्थानीय निर्वाचनको तयारी, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको  भेलाको बन्दसत्र बाँकी कामका लागि बिहीबार बिहान ८ः०० बजे पुनः सुरु हुने एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि