सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३ मङ्सिरः प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ ।

पक्राउपर्नेमा बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक काठमाडौँ महानगरपालिका–२२ बस्ने धरान उपमहानगरपालिका–१२ घर भएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र सोही सहकारी संस्थाका ऋण उपसमिति सदस्य धरान उपमहानगरपालिका–१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी छन् ।

धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय रही सहकारी संस्थासँग आबद्ध नेपाल राज्यभर जम्मा ३० वटा र विदेशमा चार वटा कम्पनीसमेत स्थापना गरी विभिन्न मितिमा पीडितको बचत गरेको रकम अपचलन तथा ठगी गरी फरार रहेका उनीहरूलाई कोशी प्रदेश कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले सुनसरीस्थित नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरू उपर सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

सिरहाको सीमा क्षेत्रबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद