काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन्। उनले मंसिर ३ गतेदेखि औपचारिक रूपमा उक्त जिम्मेवारी सम्हालेका हुन्।
प्रवक्ताको जिम्मेवारी सम्हालेपछि श्रेष्ठले नेपाली सेनासँग विगतमा झैँ साथ, सहयोग तथा रचनात्मक सुझाव प्रदान गर्न सबैमा आग्रह गरेका छन्। उनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा आवश्यक सहयोग, सहकार्य र सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्दै सबैप्रति आभारसमेत प्रकट गरेका छन्।
यसैबीच, विगत १७ महिनादेखि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकको जिम्मेवारीमा रहेका बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारी प्रदान गरिएको छ।
