सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

२०८३ मंग्सिर ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मनिला, ५ मङ्सिर (रासस/एपी):इन्जिनमा आगो वा स्पार्क देखिएको सङ्केतपछि हङकङबाट पपुवा न्युगिनीतर्फ उडेको एयर न्युगिनीको विमानले शनिबार दक्षिणी फिलिपिन्सको डाभाओ अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको छ । विमानमा सवार १३७ यात्रु र नौ चालकदलका सदस्य गरी सबै १४६ जना सुरक्षित रहेका छन् ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका अनुसार बोइङ ७६७–३८३ ईआर विमानका पाइलटले दायाँ इन्जिनमा सम्भावित आगो वा स्पार्क देखिएको सङ्केत पाएपछि सुरक्षा प्रक्रिया अपनाएर विमानलाई निर्धारित मार्गबाट डाभाओतर्फ मोडेका थिए । मध्यरातपछि गरिएको अवतरणका क्रममा आपत्कालीन स्लाइड प्रयोग गरी बाहिरिएका कसैलाई चोटपटक लागेको छैन ।

प्राधिकरणका प्रवक्ता एरिक अपोलोनियोले पाइलटहरूले दिएको विवरण घटनाको अनुसन्धानमा समावेश गरिने बताउनुभएको छ ।

अवतरणपछि यात्रु तथा चालकदलका सदस्यलाई विमानस्थलको टर्मिनलमा लगेर आवश्यक सहायता र होटलको व्यवस्था गरिएको थियो । विमानमा क्षति पुगेको तत्काल विवरण प्राप्त भएको छैन ।

घटनापछि सुरक्षा जाँचका लागि डाभाओ विमानस्थल केही समय बन्द गरिएको थियो । यसबाट दुईवटा आन्तरिक उडान रद्द भए पनि मुख्य धावनमार्गको जाँच पूरा भएपछि विमानस्थल पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास