सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

२०८३ मंग्सिर ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अन्ताल्या, ५ मङ्सिर (रासस/एपी) :जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा सहमति जुट्न नसकेपछि टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनको वार्ता शनिबारसम्म लम्बिएको छ । दुई सातासम्म चलेको सम्मेलन शुक्रबार सम्पन्न हुने तय भए पनि अन्तिम सम्झौताको मस्यौदामा कोइला, तेल र ग्यासको प्रयोग घटाउने विषय समेट्न नसकिएपछि थप छलफल गर्न लागिएको हो ।

मस्यौदामा जीवाश्म इन्धनको उल्लेख नभएको भन्दै जलवायु अभियन्ता र केही देशले असन्तुष्टि जनाएका छन् । विशेषज्ञहरूले जलवायु परिवर्तनको प्रभाव कम गर्न जीवाश्म इन्धनबाट हुने उत्सर्जनमा तत्काल र उल्लेखनीय कटौती गर्नुपर्ने बताउँदै आएका छन् । सन् २०१५ को पेरिस सम्झौताले विश्वको तापक्रम वृद्धि औद्योगिक युगअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखेको थियो ।

अन्ताल्यामा आयोजित कोप–३१ सम्मेलनमा युरोपको अत्यधिक गर्मी र नेपालमा आएको बाढीलगायतका विपत्तिले जलवायु सङ्कटको गम्भीरता उजागर गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ । जलवायु परिवर्तन नियन्त्रणका प्रयासमा पछिल्ला पाँच वर्षदेखि अपेक्षित प्रगति हुन नसकेको पनि औँल्याइएको छ ।

जलवायु परिवर्तनबाट बढी प्रभावित टापु राष्ट्रहरूले विकसित देशसँग थप आर्थिक सहयोग मागेका छन् । उनीहरूले विपत्तिपछिको पुनःस्थापना र जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न संयुक्त राष्ट्रसङ्घीय कोषमा पर्याप्त रकम उपलब्ध गराउनुपर्ने बताएका छन् । तर, संयुक्त राज्य अमेरिकासहित विश्वका प्रमुख प्रदूषणकारी केही राष्ट्रले यस वर्षको वार्तामा प्रत्यक्ष सहभागिता जनाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास