सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, ६ मङ्सिर : ‘सुदूरपश्चिम खप्तड गोल्डकप’ को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोट्र्स क्लब धनगढीले धनगढी रङ्गशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जनाएको हो ।

क्लबका महासचिव प्रकाश शाहीले फुटबल खेलको विकास र विस्तारमार्फत सुदूरपश्चिमको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने, युवामा फुटबलप्रतिको आकर्षण बढाउने र सुदूरपश्चिममा खेल पर्यटनको विकास गर्ने प्रतियोेगिताको लक्ष्य रहेको उहाँको भनाइ थियो ।

क्लबका अध्यक्ष योगेन्द्र चन्दले प्रतियोगितामा अन्तरराष्ट्रियसहित १० वटा टोलीको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगिता धनगढी रङ्गशालामा हुने उहाँले बताउनुभयो ।

क्लबले विसं २०७३ देखि यहाँ प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु ११ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार तथा ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापा महिला गोल्डकपमा आर्मीको गोलवर्षा, भारतीय टोलीमाथि १०–० को जित

कुशलको अर्धशतक र सन्दीपको घातक बलिङ, यूएईमाथि नेपालको शानदार जित

एसियन राइजिङ स्टार्समा युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

एसिया कप राइजिङ स्टार : यूएईसँग आज नेपालले दोस्रो खेल खेल्दै

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

एनपिएल फाइनलः सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै