नयाँदिल्ली (भारत), मङ्सिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहलाई भ्रमणको दोस्रो दिन आज राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई अङ्गालो हालेर स्वागत गर्नुभयो ।
सम्मान ग्रहणपछि दुवै देशका प्रधानमन्त्री सँगै बाहिरिनुभएको थियो । त्यसपछि हैदरावाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीबीच शिखर वार्ता हुने कार्यक्रम छ ।








