सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ७ मङ्सिर (रासस/एएनआई) : अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास भइरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार वासिङ्टनमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग वार्ता गर्ने हुनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठक स्थानीय समयअनुसार दिउँसो २ बजे हुनेछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी प्रधानमन्त्रीसँग वार्ता गर्दै इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा खाडी साझेदारहरू एकमत रहेको बताउनुभएको थियो ।

ट्रम्पले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेत इरानमाथिको समुद्री नाकाबन्दी तथा ‘अपरेसन आइरन गेट’ अन्तर्गत स्थल र समुद्री दबाब जारी राख्ने पक्षमा रहेको दाबी गर्नुभएको थियो । उहाँले इरानको उत्पादन क्षमता सैन्य आक्रमणका कारण करिब ८५ प्रतिशत घटेको बताउँदै आवश्यक परे अमेरिकी सेना पुनः परिचालन गर्न तयार रहेको चेतावनी दिनुभएको थियो ।

आइतबार ट्रम्पले सम्झौता नभए नयाँ वर्षपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने बताउनुभयो । इरानले ठोस प्रगति नगरी वार्ता लम्ब्याएको आरोप लगाउँदै उहाँले नाकाबन्दी तोड्ने प्रयास गर्ने इरानी ट्याङ्करलाई कडा जवाफ दिने चेतावनीसमेत दिनुभएको थियो ।

यसैबीच, कतारले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आणविक कार्यक्रम तथा द्वन्द्व अन्त्यका सर्तमा देखिएका मतभेद कम गर्ने प्रयास गरिरहेको छ । आठ महिनाभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि पनि युद्ध समाधानको स्पष्ट बाटो देखिएको छैन । यस्तो अवस्थामा रुबियो र कतारी प्रधानमन्त्रीबीचको वार्तालाई क्षेत्रीय तनाव कम गर्ने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चलचित्र विधेयकमाथि सैद्धान्तिक छलफल

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना