सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अर्थ समिति बैठक :अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सर्वसम्मतिले पारित

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ८ मङ्सिरः अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सर्वसम्मतिले सम्पन्न भएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिमा आज भएको ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल सकिएको हो ।

अर्थसमितिका सभापति डा कृष्णहरि बुढाथोकीले आजको समितिको बैठकले विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको जानकारी दिनुभयो ।

उहाँले विधेयकका मुख्य प्रावधानमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण, गैरकर राजस्व व्यवस्थापन, आर्थिक गतिविधिमा सहजीकरण तथा समयसापेक्ष नरहेका कानुनी व्यवस्थाको खारेजी गर्ने प्रावधान समेटिएको बताउनुभयो ।

समितिको बैठकले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई विधेयकले प्राथमिकता दिएको उल्लेख गरिएको छ । समितिले विधेयकमाथि दफावार छलफल सम्पन्न गरी संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको हो । बैठकले विधेयकसम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशनसमेत दिएको छ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलगायतका सहभागि हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनुपजंग थापालाई रथीको दर्ज्यानी, अन्य पाँच अधिकृत को-को भए बढुवा ?

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

उग्रतारामा आज भव्य मेला लाग्दै

‘जय नेपाल’ नभनेको भन्दै गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार निलम्बित

सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा

चलचित्र विधेयकमाथि सैद्धान्तिक छलफल

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा