सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), १० मङ्सिरः तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने रुखमध्ये हालसम्म ५० प्रतिशत कटानकार्य सम्पन्न भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रमा रुख कटानको काम भइरहेको छ । चितवनको भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन, सतनचुली सामुदायिक वन र भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी तथा सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिनेछ ।

मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवन जिल्लामा कुल ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको थियो । त्यसमध्ये चितवनमा २५ दशमलव २७ हेक्टर र तनहुँमा ६७ दशमलव ४६ हेक्टर वन क्षेत्र छ । उक्त क्षेत्रमा रहेका कुल नौ हजार १२७ वटा रुख हटाउन सरकारले स्वीकृति दिएको थियो ।

आयोजनाको प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न तथा रुख कटान गर्न आवश्यक सरकारी स्वीकृति प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । वन क्षेत्रभित्र प्रसारण लाइनका टावर निर्माण तथा तार तान्ने कामका लागि आवश्यक स्थान व्यवस्थापन गर्न रुख कटान भइरहेको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ । करिब ३५ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ ।

आयोजना प्रमुख भण्डारीका अनुसार हालसम्म ९४ वटा टावरमध्ये ८३ वटाको जग हाल्ने काम सम्पन्न भएको छ । त्यस्तै ८१ वटा टावर जडान भइसकेका छन् । प्रसारण लाइनको कुल ३४ दशमलव ७० किलोमिटर लम्बाइमध्ये हालसम्म दुई दशमलव दुई किलोमिटर तार तान्ने काम सम्पन्न भएको छ ।

टावरको जग निर्माण र जडानको काम उल्लेख्य रूपमा अघि बढे पनि रुख कटान तथा वन क्षेत्र व्यवस्थापनसँगै तार तान्ने कामलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ । प्रसारण लाइन निर्माणको समग्र भौतिक प्रगति भने ८३ दशमलव पाँच प्रतिशत पुगेको भण्डारीले जानकारी दिनुभयो ।

तनहुँ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न दमौली–भरतपुर प्रसारण लाइन महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको छ । कूल १४० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न आवश्यक संरचनामध्ये यो प्रसारण लाइन महत्वपूर्ण हिस्सा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

सुनचाँदीको मूल्य निरन्तर घट्दो, तोलाको कति पुग्यो ?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित