सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जकार्ता, १० मङ्सिर (रासस\एएफपी): इन्डोनेसियाको जाभा टापुमा अवैधरूपमा सञ्चालित भारी वर्षापछि आएको बाढीका कारण सुन खानीमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक दर्जनभन्दा बढी अझै बेपत्ता छन्।

उद्धार अधिकारीले बिहीबार यो जानकारी दिएका हुन्। खनिजले भरिपूर्ण दक्षिणपूर्वी एसियाली द्वीपसमूहमा खानी दुर्घटना सामान्य छन्। विशेष गरी अनुमति नभएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र प्रायः बेवास्ता गरिने हुँदा यस्ता घटना बढी हुन्छन् ।

सोमबार भारी वर्षापछि नजिकैको नदीले बाढी ल्याउँदा खानी डुबेको थियो र कामदारहरू भित्रै थुनिएका थिए ।

स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीले वक्तव्यमा भन्नुभएको छ, “बिहीबार बिहानसम्म १३ जना कामदारको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन्।”

उद्धार अभियानमा करिब १०० मिटर (३३० फिट) गहिरा साँघुरो खाल्डा, न्यूनतम उज्यालो र चिप्लो भूभागजस्ता चुनौतीहरू रहेको देसियानाले बताउनुभयो ।

“खोज तथा उद्धार (एसएआर) अभियानमा संलग्न कर्मचारीको सुरक्षा प्राथमिकतामा राख्दै स्थलगत अवस्थालाई ध्यानमा राखेर सबै प्रयास गरिएको छ,” उहाँले थप्नुभयो । पश्चिम जाभा प्रहरी प्रवक्ता हेन्द्रा रोच्मावानका अनुसार सोमबार पानीले सुरुङ डुबाउनुअघि ११ जना खानी कामदार सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

अधिकारिहरूलाई फसेका कामदारबारे मङ्गलबार मात्रै जानकारी पाइएको र उद्धार प्रयास भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

अस्ट्रेलियाको टापुमा डढेलो, घरहरू नष्ट

दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश