सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ मङ्सिरः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६ अङ्कले बढेर दुई हजार ६४७ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०६ अङ्कले बढेर ४८४ दशमलव ४५ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५८ अङ्कले बढेर १८४ दशमलव ४८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५९ अङ्कले बढेर १६४ दशमलव ५४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर रु छ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो । आज १७० कम्पनीको शेयर बढ्यो भने १०१ कम्पनीको शेयर घट्यो । त्यसैगरी आठ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार मुक्तिनाथ कृषि कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, कालिका लघुवित्त कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी उन्नति सहकार्य लघुवित्त संस्था, लक्ष्मी भ्यालु फण्ड र ओम मेगा फर्मासिटिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

सुनचाँदीको मूल्य निरन्तर घट्दो, तोलाको कति पुग्यो ?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सहिद स्मारकमा पर्यटकको आकर्षण

सुनचाँदीको मूल्य बढ्यो

अपी हिमालः जहाँ प्रकृति बोल्छ