सदाबहार खबरको रफ्तार ....
मंग्सिर १३, २०८३ आइतबार
November 29, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मतदान स्थल पुनरवलोकन गर्दै निर्वाचन आयोग

२०८३ मंग्सिर १३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर १३ गते । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्ष्य गर्दै आवश्यक पूर्वतयारी अघि बढाएको छ । आयोगले मतदाता नामावली अद्यावधिक, मतदान स्थल पुनरवलोकनलगायतका काम गरिरहेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विभिन्न जिल्लामा मतदान स्थल पुनरवलोकनको काम तीव्र गतिमा अघि बढिरहेको छ । आयोगले मतदान स्थललाई सबै मतदाताका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यले पुनरवलोकनको काम अघि बढाएको हो । मतदान स्थल पुनरवलोकन निर्देशिका अनुसार आयोगले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “विगतमा निर्वाचनका बेला कतिपय मतदान स्थलमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न समस्या भएको गुनासो आएको थियो । सोही आधारमा निर्वाचनको मिति घोषणा हुनुअघि अहिले आयोगले मतदान स्थल पुनरवलोकनका लागि काम गरिरहेको छ ।” स्थानीय पालिकामा वडा तहमा वडाध्यक्षको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरी हाल कायम मतदान स्थल उपयुक्त भए/नभएको समीक्षा गर्ने, मतदान स्थल अपायक परेको, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई पुग्न कठिन भएको वा अन्य व्यावहारिक समस्या देखिएको अवस्थामा स्थान परिवर्तनका लागि सिफारिस भएर आएपछि सोही अनुसार आयोगले मतदान स्थल कायम गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “वडा तहबाट सिफारिस जिल्ला तहमा पठाइन्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा राजनीतिक दल तथा सरोकारवालासँग छलफल गरी जिल्लाबाट अन्तिम सिफारिस आयोगमा आउँछ ।

जिल्लाबाट प्राप्त सिफारिसमाथि अध्ययन गरी मतदान स्थल परिवर्तन गर्ने वा नगर्ने अन्तिम निर्णय आयोगले गर्ने तयारी छ ।” दुई साताअघिबाट देशभरका १० हजार ९६७ मतदान स्थल पुनरवलोकनको काम अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मतदान स्थल पुनरवलोकन स्थानीय तह निर्वाचनका साथै सङ्घीय र प्रदेश निर्वाचनलाई समेत लक्ष्य गरेर गरिएको हो । एक पटक उपयुक्त स्थान निर्धारण भएपछि विभिन्न तहका निर्वाचनमा समेत त्यही मतदान स्थल प्रयोग हुने भएकाले आयोगले समग्र निर्वाचन प्रणालीलाई ध्यानमा राखेर प्रक्रिया अघि बढाएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । आयोगले स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुअघि गर्न सकिने प्रशासनिक तथा व्यवस्थापकीय तयारीलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक्सनमा गगन थापा : निगरानीमा देउवा पक्षका ३१ बढी सांसद

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्रको गृहकार्य

प्रमुख दुई उत्तरी नाका साढे दुई महिनादेखि बन्द

न्याय प्रशासन सुधार प्रतिवेदन : जिल्ला अदालतलाई थप अधिकार

नेपालमा हुन्डीको नयाँ जालो बैंक खाता, डिजिटल वालेटदेखि क्रिप्टोकरेन्सीसम्म प्रयोग

दशकसम्म घटेन बालश्रमको ग्राफ

अगाडि बढेन मेट्रोसिटी योजना

सुकुम्वासीका ७ महिना : जग्गाको सपना, विकल्पबिनै सडकमा

निर्वाचनसम्बन्धी कानुन निर्माणको ढिलाइले थप चुनौती निम्त्याउँदै

कांग्रेस एकताको पहल थाल्ने डा. शेखर समूहको तयारी

मलेसिया प्रकरणमा सभामुख अर्याल पनि जोडिए : संसद् अधिवेशन डाक्न विलम्ब

प्रहरीमा ‘सानालाई ऐन, ठुलालाई चैन’- उच्चपदस्थमाथि छानबिन हुन्छ, कारबाही हुँदैन