सदाबहार खबरको रफ्तार ....
मंग्सिर १३, २०८३ आइतबार
November 29, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दसौँ राष्ट्रिय खेलकुद : पुलिसलाई हराउँदै आर्मी महिला बास्केटबलको फाइनलमा

२०८३ मंग्सिर १३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। सोनी वाइबाको प्रदर्शन प्रेरित एपिएफले दसौं राष्ट्रिय खेलकुदको महिला बास्केटबल (फुल कोर्ट) मा स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा शनिबार सम्पन्न सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि जित रच्दा सोनीले उत्कृष्ट प्रदर्शन गरिन् ।

एपिएफले सुदूरपश्चिमलाई ७४–१२ ले हरायो । सोनीले सर्वाधिक १७ अंक जोडिन् । एपिएफले पहिलो क्वार्टरमा १६–१ को अग्राता बनाएको थियो ।

एपिएफले अन्तिमसम्म अग्रता जोगाउँदै फराकिलो जित रच्यो । एपिएफले दोस्रो क्वाटरमा २३–२, तेश्रोमा २०–६ र चौथोमा १५–३ स्कोरले सहजै आफ्नो पक्षमा राख्यो । यससँगै एपिएफले फराकिलो अन्तरको जित निकाल्दै स्वर्ण पदकको प्रतिस्पर्धा तय गरेको हो ।

अर्को सेमिफाइनलमा आर्मीले पुलिसलाई ४४–२८ ले पराजित ग¥यो । आर्मीको जितमा अनिशाले सर्वाधिक १३ अंक योगदान गरिन् । पुलिसले पहिलो र तेस्रो क्वार्टरमा चुनौती दिँदा चौथो क्वार्टरमा खेल आफ्नो पक्षमा राख्यो । तर त्यो प्रदर्शन जितका लागि पर्याप्त भने भएन ।

पहिलो तीन क्वाटरमा आर्मीले क्रमशः ९–६, १९–७ र ८–६ को अग्रता लियो । तर चौथो क्वाटरमा पुलिसले ९–८ ले आफ्नो पक्षमा पा¥यो ।

यद्यपि जितका लागि पर्याप्त भएन । महिलाकै थ्री अन थ्रीमा सहआयोजक कर्णाली प्रदेश स्वर्णको प्रतिस्पर्धामा पुगेको छ । अब कर्णालीले स्वर्णका लागि त्रिभुवन आर्मीको चुनौती पार गर्नु पर्नेछ । कर्णालीले विभागीय टोली एपिएफको चुनौती ११–१० ले पार गर्दै फाइनलमा स्थान बनाएको हो ।

कर्णालीकी एन्जल गुप्ताले ५ स्कोर गरिन् । आर्मीले वागमती प्रदेशको चुनौती १५–४ ले पन्छायो । आर्मीकी दिब्यान्शा कार्कीले ७ अंक जोडिन् । दुवै विधाको फाइनल आईतवार हुनेछ । आगामी मंसिर १५ गतेदेखि पुरुषततर्फ बास्केटबलका प्रतिष्पर्धा शुरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्टर मियामीको एमएलएस उपाधि सपना चकनाचुर, मेस्सी निराश

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्म बमोजिम सञ्चालन

विश्वकप छनोट प्लेअफ : सन्दीपको कप्तानीमा नेपालले सात खेल खेल्ने

दसौँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

गोल्डकप फुटबल पुस ४ देखि

दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

धरानमा पुस ३ गतेदेखि डिआइजी रनिङ कप

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

एसिया कप राइजिङ स्टार्सबाट नेपाली टोली स्वदेश फर्कियो

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक