सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

डा. केसिको स्वास्थ्य अवस्था बिग्रदै, अनशनको समर्थनमा बिहानैदेखी राजमार्ग ठप्प

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: डा. गोविन्द केसिको १७ औ आमरण अनशनलाई ऐक्यवद्धता जनाउँदै महाकाली राजमार्ग चल्ने सवारी साधन ठप्प पारिएको छ ।

स्वास्थ्य विग्रँदै गएपछि अनसनरत डा. गोविन्द केसीलाई स्थानान्तरण गर्ने सरकारले तयारी गरेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सोमबार बिहान ९ बजेदेखि महाकाली राजमार्ग अन्तर्गत चल्ने लामो तथा छोटो दुरिका सम्पुर्ण सवारी साधनमा रोक लगाएको अध्यक्ष ऐरले हरियाली नेपाललाई जानकारी दिए ।

डडेल्धुरा जिल्ला अमरगडी न.पा.- ५, तुफानडाडाँमा डा. केसिको १७ औ आमरण अनशको समर्थनमा नेबि संघका अध्यक्ष जगत ऐरको नेतृत्वमा सो क्षेत्रबाट आवात जावत गर्ने सवारी साधनमा रोक लगाइएको हो  ।

आमरण अनशनरत डा. केसिको समर्थनमा डडेल्धुराको आईतबार नागरिक समाज र पत्रकार महासंघ डेल्धुराले जुलुस सहित प्रदर्शन गरेका थिए ।

डा. केसी गत कार्तिक १८ गतेदेखि डडेल्धुराको अमरगढीमा विभिन्न सात सुत्रीय मागहरू अघि सारी १७ औ पटक अन्सनरत रहेका छन ।

स्थानीय प्रशासनले डा. केसी अनसन बसेको डडेल्धुरा अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । उता केसीका समर्थकले भने लैजान नदिने भन्दै प्रहरीको बाटो छेकेर दैनिकजसो प्रदर्शनहरू गरिरहेका छन् ।

यसैबीच डा केसीको स्वास्थ्य अवस्था बुझ्न तथा केसीको अनसनप्रति ऐक्यवद्धता जनाउन आईतबार डडेल्धुरा पुगेका डा. पुष्पमणी खराल, डा. कालुसिंह खत्री र डा. तोशीमा कार्कीले संयुक्त विज्ञप्ती जारी गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले सरकार डा. केसीका माग पुरा गर्न भन्दा पनि पन्ध्रौँ अनसनमा जस्तै गरी अपहरण शैलीमा उठाउन उद्धत देखिएको भन्दै समझदारी ढंगले समाधानको प्रयास गर्न माग गरेका छन् । सोमबार जारी विज्ञप्तीमा उनीहरुले डा केसीको स्वास्थ्य अवस्था र डडेल्धुरा अस्पतालको क्षमताको बारेमा समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित