कोरोना अपडेटः १ हजार ५६२ थपिए, १ हजार ५८९ कोरोनामुक्त

कोरोना अपडेटः १ हजार ५६२ थपिए, १ हजार ५८९ कोरोनामुक्त

काठमाण्डौः पछिल्लो २४ घण्टामा १० हजार २६६ जनाको RT / PCR र ४१७७ जनाको Antigent परीक्षण गराउँदा १५६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सहित हालसम्म RT / PCR टेष्टबाट संख्या ७ लाख ७९ हजार ४९२ जना र Antigent टेष्टबाट ८७ हजार ४१३ जना संक्रमित पुगेको छ।

२४ घण्टामा थप १५८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या ७ लाख ४२ हजार ३०६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टा भित्र मृत्यु भएको संख्या थप १९ जना र हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

Next PostRead more articles

Leave a Reply