सदाबहार खबरको रफ्तार ....
बैसाख २०, २०८१ बिहिबार
May 2, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लोकसेवा आयोग विधेयक पारित

२०७८ भाद्र २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू हुनेछ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा पनि एमालेका सांसदको अवरोध कायमै रहेको थियो । बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरुले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद कोमल वलीलाई आफ्नो भनाइ राख्न समय दिनुभएको थियो ।

सांसद वलीले सभामुखले सांसद पदको दुरुपयोग गरेको आरोप लगाउँदै अहिलेकै अवस्थामा सदनको काम कारवाही अघि बढ्न नसक्ने बताउनुभयो । सभाअध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभामा उठेका विषयलाई लिएर राष्ट्रियसभामा अवरोध गर्नु उचित नभएको बताउँदै सदनको औचित्य र गरिमालाई कायम राख्न सांसदलाई आग्रह गर्नुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

वैशाख २५ गतेदेखि बजेट अधिवेशन बोलाउने सरकारको तयारी

डोल्पाका सबै सांसद मन्त्री

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

प्रदेशसभामा एमालेको थप सदस्य

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ

अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी

जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छ : सांसद इन्दिरादेवी गौतम

संसदीय समितिको बैठक बस्दैँ

उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग