सदाबहार खबरको रफ्तार ....
बैसाख २०, २०८१ बिहिबार
May 2, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी

२०७८ बैसाख ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागलुङको जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिनुभयो । शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भए पछि आईतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठन पाठन बन्द गरेको बागलुङ नगरपालिकाका नगर शिक्षक अधिकारी डण्डापानी शर्माले जानकारी दिनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टाढाका विद्यार्थीलाई आवासीय सुविधा

संस्थागत विद्यालयको नाम परिवर्तन प्रकरण: सर्वोच्चद्वारा अल्पकालीन आदेश, थप रिट दर्ता हुँदै

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

जनक शिक्षाद्वारा रु १८ करोड ६७ लाख मूल्य बराबरका पाठ्यपुस्तक बिक्री

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

पर्वतमा धमाधम विद्यालय समायोजन

पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार