काठमाण्डौः काभ्रेली गायक विनोद नेपाल र गायिका रिता अधिकारी हुमागाईंको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । ‘मायाको लिला’ नामको गीत हालै बजारमा आएको हो।
मिलन फिल्मसले उत्पादन गरेको यस गीतमा स्वर विनोद नेपाल र रिता अधिकारी हुमागाईंको रहेको छ । शब्द र लय विनोद नेपालको छ भने एरेन्ज विष्णु तामाङको रहेको छ ।
गीतको म्युजिक भिडियोमा कलाकारहरु मकुन्द थापा, विनोद नेपाल, रिता अधिकारी हुमागाईं, आरएन कार्की, केदार न्यौपाने र अनिता पौडेलको अभिनय देख्न पाइन्छ।
